लडेर महिलाको मृत्यु

ओखलढुंगा, २४ असार, खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानियले बोकेर घर तर्फ ल्याउने क्रममा बाटोमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई सो विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.