गौरादहमा ३४ पिन्ट रगत संकलन

गौरादह,२० असार । कोरोना महामारीमा समयमा अस्पतालहरुमा रगतको अभाव हुन नदिन नेकपा माओवादी निकट वाइसीएल गौरादहले शनिवार यहाँ आयोजना गरेको रक्तदानमा ३४ पिन्ट रगत संकलन भएको छ ।
गौरादह १ स्थित मुख्य बजारमा आयोजना गरिएको रक्तदानमा ३ महिला, ३१ पुरुष गरि ३४ जनाले रगतदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र जिल्ला शाखा भद्रपुर र दमकको प्राबिधिक सहयोगमा भएको रक्तदान उद्घाटन कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साह , नेकपा माओबादीका नेता गगन पुरी, माओवादी केन्द्र गौरादहका नगर अध्यक्ष माधब भट्टराई , पुष्प ढकाल , वाइसीएल नगर कमिटी इन्चार्ज धर्म चौहान लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.