
दमक,१९ असार । विभिन्न सामाजिक काम गर्दै आएको संस्था रोट्याक्ट क्लब अफ दमकको नयाँ नेतृत्व चयन भएको छ । ३ बर्ष अघि स्थापना भएको रोट्याक्ट क्लब अफ दमकको बर्ष २०२१ –२२ का लागि सपना लिम्बूले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।
क्लवले समाजसेवा, परोपकार, युवाहरुमा भातृत्ब बिकास, नेतृत्व बिकाससंगै युवाहरुको वृद्धि बिकासमा काम लगायतका सामाजिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
क्लवका वर्ष २०२०–२१ का अध्यक्ष दधिराम ढकालका अनुसार क्लवले दमक नगरपालिका, झापा मोडल अङ्ग्रेजी स्कुल, इन्ट्याक्ट क्लब अफ जेम्स, होटल काग्त्यानी इन दमक, रोटरी क्लब अफ दमक, ग्रेस एजुकेसनल एजुकेसन माइग्रेसन दमक लगायतका विभिन्न संघसंस्स्थाहरुसंग मिलेर गाउँमा लाइब्रेरी, दमकका सबै सामुदायिक बिद्यालयमा फुलबारी बनाउने कार्यक्रम, सय रङ्ग दमक, पुस्तक सङकलन गर्नका लागि बुक बिन कार्यक्रम, महिला शिक्षामा आधारित आमा सक्नु हुन्छ कार्यक्रम, महिलाहरुको नेतृत्व बिकासका लागि आमा बोल्नुपर्छ है कार्यक्रम, बृहत रक्तदान कार्यक्रम, चिसो समयमा विपन्नलाई न्यानो कपडा बितरण लगायतका कार्यक्रम गरिएको छ ।
क्लवले विहीबार एक कार्यक्रम गरि नयाँ टिमलाई पदभार गरेको थियो । त्यस्तै,क्लवले वर्ष २०२०–२१ मा क्लबमा रहेर उत्कृष्ट कार्य गर्ने क्लबका सदस्य अमन जैसवाललाई रोट्याक्टर अफ दि इयरको पुरस्कार प्रदान गरिएको थियो । ढकालले आफ्नो कार्यकालमा सहयोग पुरयाँउने सवैलाई धन्यवाद दिनुका साथै सपना लिम्बू लगायतको टिमलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ दमक अध्यक्ष शान्ता ढकाल, रोटरी क्लब अफ दमक २०२१–२२ का अध्यक्ष भरत चौलागाई, रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईं, पूर्व अध्यक्ष तथा एजि नवीन श्रेष्ठ ,रोटरी क्लव अफ दमकका सल्लाहकार डाक्टर लेखनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।