
धरान,११ असार ।धरान- १ पुरानो बजारबाट प्रतिबन्धित लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट र खातुनको कोठामा लुकाई राखेको विभिन्न किसिमका लागूऔषधहरु फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको छ ।