
दमक,४ असार । सामाजिक कार्यमा सक्रिय संस्था सुन्दर समाज नेपाल दमकले जिल्लाको कमल गाउँपालिका वडा नं ५ टुकुरे टोलका दुई विपन्न परिवारलाई आज खाद्यान्न सहयोग गरेको छ ।
महिलाहरुले मात्रै आवद्ध रहेको सो संस्थाका पदाधिकारी र सदस्यहरु घरमै पुगेर आर्थिक रुपमा विपन्न दुई परिवारलाई ५० केजीका दरले चामल, तेल, दाल लगायतका खाद्यान्न तथा अन्य घरायसी सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।स्थानीय संगीता राई र रत्ना विकको परिवारलाई घर घरमै पुगेर सो सहयोग सामाग्री हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष रुपा सेलिङले बताईन् ।
उक्त सहयोग अध्यक्षसहित संस्थाकी वरिष्ठ उपाध्यक्ष जमुना शेर्मा, उपाध्यक्ष विन्दु (लक्की) सिटौला, सचिव गंगा ढकाल, सहसचिव मनु साम्पाङ र कोषाध्यक्ष झरना लक्सम तथा सदस्यहरु अनु ताजपुरिया , बिमला जोशी, कुसुम ढुङ्गेल, पुनम सुब्बा र दिपाले व्यक्तिगत रुपमा रकम जुटाएका हुन् । ति दुवै महिलाका पतिको निधन भएको र छोरीहरुको दैनिक छाक टार्नै समस्या भएको अवस्थालाई मध्यनजर गर्दै सो सहयोग प्रदान गरिएको संस्थाकी उपाध्यक्ष लक्की सिटौलाले बताइन । सो संस्थाले संगिता राईको परिवारको बसोबासका लागि सुरक्षित आवासको समेत बन्दोबस्ती गर्ने बिषयमा छलफल गरिरहेको उनले बताइन् ।