
झापा,२ जेठ । प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । तराईका जिल्लामा भने कढाइका साथ निषेधाज्ञा लगाइएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले अत्यावस्यक कामबाहेक सवारी साधन नचलाउन आग्रह गरेको हो । कोरोनाका संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले शनिबारबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा लगाएको छ ।
सुनसरी प्रवेश गर्ने नाकामा प्रहरीले कडाइ गर्दै जिल्लाभित्र प्रवेश गर्ने सवारिसाधन पूर्ण रुपमा रोक लगाएको छ । सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना जगाउने उद्येश्यसाथ सेना खटाएको बताए । सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कार्वाही गर्ने चेतावनी दिएको छ ।
यसैबिच मोरंगमा आजदेखि लागु हुनेगरि दश दिन निषेधाज्ञा कडाइका साथ थप गरिएको छ । प्रदेश १ का अन्य जिल्लामा पनि निषेधाज्ञा जारि रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।