दमक,१ जेठ । करेन्ट लागेर आज एकैदिन प्रदेश एकमा दुई जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सुनसरी र पाँचथरका दुई जना युवा रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आज बिहान ९ बजे सुनसरी गढि गाउँपालिका- २ औराबनीका ३५ बर्षीय अरुण चौधरीको ईनरुवा -७ बलाहा छेउमा रहेको ओम शक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ ।
त्यस्तै आज दिउँसो साढे ११ बजे पाँचथर ,याङबरक -५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा दिउँसो सवा १२ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।