डा. शर्माले कांग्रेसलाई दिए एम्बुलेन्स

बिर्तामोड, १ जेठ । विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले नेपाली कांग्रेस झापा क्षेत्र नं–२ लाईएउटा एम्बुलेन्स दिएका छन् ।गरीव असहाय जनतालाई सहुलियतमा अस्पतालसम्म पुयाँउने उद्देश्यले डा. शर्माले बुद्धशान्ति ३ मा सञ्चालनमा रहेको महिला सामुदायिक स्वास्थ्य सेवा तथा अनुसन्धान केन्द्र मातहत सञ्चालन हुनेगरी एम्बुलेन्स प्रदान गरेको नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीले जानकारी दिए । नेपाली कांग्रेसका नेता समेत रहेका डा.शर्माले प्र.१–०१–००१ च ८४०७ नम्बरको एम्बलेन्स दिएका हुन् ।

सभापति मैनालीका अनुसार कोरोना प्रभावित तथा अन्य विरामीलाई समेत सेवा दिनेगरी एम्बुलेन्स सञ्चालनमा आइसकेको छ । निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएर सञ्चालनको वातावरण बनाइदिएकोमा महिला सामुदायिक अस्पतालका अध्यक्ष विष्णु मैनालीले दाता डा.शर्मा, नेपाली कांग्रेस झापा र २ नं क्षेत्रीय सभापति मैनालीप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.