सुरुङ्गामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, २९ बैशाख । ट्रकको ठक्करबाट झापाको कन्काई नगरपालिका–३ सुरुङ्गामा आज विहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका–७ की ७१ बर्षीया कमलामाया कामी रहेको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री लाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.