कमल ७ निवासी लेखक केरुङलाई मातृशोक


दमक,२९ बैशाख । झापा, कमल गाउँपालिका वडा न. ७ गेउरिया निवासी लेखक तथा श्रष्टा भिम केरुङलाई मातृशोक परेको छ ।
लिम्बूकी ७८ बर्षिया माता गौमाया बेघा लिम्बूको हिजो मंगलवार विहान ११ : ३६ बजे आफ्नै निवासमा निधन भएको हो । ।
उनी एक महीनादेखि एक्कासी मुटु तथा निमोनिया रोगवाट पीडित भई बिर्तामोडको बिएण्डसी र विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचारत थिईन् ।
दिवंगत लिम्बूको शव हिजो मंगलबार अपरान्हनै कमल -७ मा मेमेङ टोलस्थित किरात धर्म संस्कृति अनुसार अन्त्येष्टि गरिएको थियो । हालै बजारमा आएको समसामयिक पुस्तक ‘रातो भुँइ’ पुस्तकका लेखक लिम्बू स्थानीय किरात युमा माङहिमका अध्यक्ष लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।

त्यस्तै,शान्ता भने लिम्बू भाषाका गीत-संगीत क्षेत्रमा संलग्न कलाकार हुन् । उनले दर्जन गीत लेख्नुका साथै भाषिक गीतको केहि म्यूजिक भिडीयो बजारमा ल्याएकी छन् ।
त्यस्तै,स्व. लिम्बूका श्रीमान गणेशबहादुर केरुङ लिम्बू निर्माणाधीन माङहिमका संरक्षक हुन् । मृतक नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य विष्णु सुब्बाका सासुआमा समेत हुन् । उनका चार छोराहरु भिम ,आइतराज, एमएस ,बीरहाङ र छोरीहरु अमृता र चेसुङ केरुङ छन् ।

Leave a Reply

Your email address will not be published.