करेन्ट लागेर धनकुटामा बालकको मृत्यु

धनकुटा २८ बैशाख, धनकुटा नगरपालिका ५ राजु श्रेष्ठको १० बर्षीय छोरा संजोग श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागी घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा सोमबार बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोरङमा लागूऔषध सहित १ जना पक्राउ

मोरङ, बिराटनगर १३ का २८ बर्षीय बिर नारायण यादवलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध स्पाकोर वोन प्लस ४८ चक्की , नाईट्रोसन ६२ चक्की, डाईएक्स डिएस्स १० बोतल सहित पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.