नयाँ भेरियन्टबाट प्रदेशका १८ पत्रकार संक्रमित


दमक,२३ बैशाख ।
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणवाट प्रदेश १ मा हालसम्म १८ जना पत्रकार संक्रमित भएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवक गौतमका अनुसार संक्रमित हुनेमा झापाका ७ जना, मोरङका ६, सुनसरीका २ र पाँचथर,खोटाङ र ओखलढुंगाका एक –एक जना पत्रकार रहेका छन् । त्यसमध्ये झापाका एक जना पत्रकार कोरोनावाट निको भएका छन् ।
संक्रमित सवै पत्रकारहरु चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा उपचाररत छन् ।
यसैगरि, महासंघले कोरोनाको यस महामारीका वेला कार्यस्थलमा उच्च सर्तकताका साथ काम गर्न आग्रह गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.