थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२१ बैशाख । बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको छ । ​

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४र १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२र३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ३०, सिराहा, सिन्धुपाल्चोक र बर्दियामा २८र२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६र२६ जना, रामेछापमा २४, लमजुङ २३,दोलखामा २२, नवलपरासी पश्‍चिम २१, तनहुँ र स्याङ्जामा २०र२० जना, जुम्ला र सल्यानमा १८र१८ जना, पर्वत र रोल्पामा १७र१७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी ओखलढुंगामा १६, प्‍युठान र कञ्‍चनपुरमा १२र१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९र९ जना, बागलुङ र जाजजरकोटमा ७र७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५र५ जना, रूकुम र कालिकोटमा ४र४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्‍चिम र दार्चुलामा ३र३ जना, डोल्पा र मुगुमा २र२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published.