झापामा बंगुरको मासुमा मूल्य बढ्यो


दमक,२० बैशाख । कोरोना कहरका बीच झापामा बंगुरको मासुको भाउ बढेको छ । वजारमा अहिले वंगुरको मासुको मूल्य प्रतिकेजी रु ५० वृद्धि भएको हो ।
बंगुर मासु व्यवसायीहरुले आफूखुसी बंगुरको मासुको मूल्य बढाएर प्रति केजी रु ४०० पुरयाँएका छन् । यसअघि बंगुरको मासु प्रतिकेजी रु ३५० कायम गरिएको थियो ।
कमल गाउँपालिका वडा न. ७ गेउरियाका व्यवसायी बलबहादुर नेम्बाङले खरिदमा नै बंगुरको मूल्य आकासिए पछि मासुको मूल्य बढाउन बाँध्य हुनुपरेको वताए । गत बैशाख १५ गतेदेखिनै वजारमा बंगुरको मासुको मूल्य बृद्धि गरिएको उनले वताए । बंगुरको मासुमा मूल्य एकरुपता कायम गर्न जिल्लाभरि त्यस्तो निर्णय गरिएको वगुर मासु व्यवसायीहरुले वताएका छन् ।
जिल्लाको गेउरियासहित दमक वजार लगायतका मुख्य वजारमा बंगुरको मासु नयाँ मूल्य अनुसारनै विक्री भईरहेको व्यवसायीहरुको भनाई छ ।
यता जिल्लामा कोरोना संक्रमणको तीव्र फैलिदै गएपछि बोइलर कुखुराको मासुको मूल्य भने घटेको छ । उत्पादन अनुसार खपत निकै कम हुन थालेपछि बोइलरको मासुको मूल्य घटेको व्यवसायीहरुले वताएका छन् ।
बोइलर कुखुराको मूल्य प्रतिकेजी रु ३५० भएपनि अहिले रु ३०० मा नै बेच्न बाँध्य हुनुपरेको दमकका कुखुरा व्यवसायी शिव चन्द्र शर्माले वताएका छन् ।

Leave a Reply

Your email address will not be published.