भानु भट्टराई
आदिम कालदेखि नेपालमा बस्दै आएका हामी विभिन्न जात जातिहरुको माझमा जातिय मेलमिलाप ,सदभाव र आपसी सदभाव कायम हुँदैआएको छ।नेपाल एक बहुभाषिक,बहुसांस्कृतिक भएको र अनेकतामा एकता कायम राखेको असंलग्न राष्ट्र हो।नेपालका हिमाल,पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीमा आदिम कालदेखि नै धार्मिक,सांस्कृतिक,भाषिक सहिष्णुता कायम रहेको छ।
हामी ब्राह्मण, क्षेत्री,राई,लिम्बू,गुरुङ,तामाङ शेर्पा,मण्डल,थारु,झा,चौधरी,मुसहर,सतार,आदि सबै जातजातिका आआफ्नै संस्कार,संस्कृति,रीतिरिवाज,चालचलन,भेषभूषा, परम्परा र अनुष्ठानहरु छन र मान्दै पनि आएका छौं । एकले अर्कोको चाल चलन ,रीतिरिवाज र परम्परालाई अपनत्व गर्दै आएका छौ र त्यो नै हामी नेपाली माझको गौरव,एकता र राष्ट्रिय अखण्डता हो।
वर्तमान कम्युनिष्ट सरकारले जनजाती समुदाय माथिको दृष्टिकोण छर्लङ्ग पार्दै जातिय पहिचान ,राष्ट्रिय एकता,धार्मिक सहिष्णुता र अखण्डता माथिको नाङ्गो प्रहार गरेको छ।त्यस्तै झापाको मेचीनगरमा रहेको कपूर स्थानको पनि जबर्जस्ती नष्ट गरी जातिय सदभावखल्बल्याउने काम गरेको छ।सरोकारवाला समुदायलाई जानकारी नै नगरी हचुवाको भरमा समाधि स्थलको नष्ट गर्ने काम आपत्तिजनक छ।
एकले अर्काको अस्तित्वलाई ग्रहण गर्नु र अपनत्व स्वीकार गर्नु नै सह अस्तित्व हो।यही सहअस्तित्वको माध्यमबाट हामी नेपालीले विश्व सामु हाम्रो पहिचान स्थापित गरेर राष्ट्रिय साख र कीर्तिमान जोगाएका छौ र यो नै हाम्रो प्राण तुल्य भएको छ र हुन्छ।
तर वर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारले हामी नेपाली ( नेपाली माझको राष्ट्रिय एकता,अपनत्व,भाइचारा , राष्ट्रिय धार्मिक र सांस्कृतिक सहिष्णुता लाई भताभुङ्ग र लथालिङ्ग पार्ने काम गरेको छ।हामी विभिन्न जात जाति,भाषाभाषी र धर्म सम्प्रदाय माझको राष्ट्रिय एकताको जगलाई हल्लाउने काम गरेको छ।राष्ट्रिय एकताको जग हल्लिएमा राष्ट्रलाई गम्भिर सङ्कट आउनसक्ने हुन् सक्छ। हामी पृथक जातजाति र भाषाभाषीका फरक फरक रीतिरिवाज र परम्परालाई धार्मिक र सांस्कृतिक सह ( अस्तित्व सहितको आपसी अपनत्वको बन्धनले राष्ट्रिय अखण्डताको
कसिलो आधार बनाएको छ।
वर्तमान सरकारले जनजाति आदिबासीहरुको संस्कार र पहिचानलाई नामेट गर्ने काम गरेको छ।झापाको कमल गाउँपालिकाको पाडाँजूगीस्थित आदिबासी जनजातिहरुका हजारौं समाधीहरु नष्ट गरी आदिबासी जनजाति अन्तराष्ट्रिय रङ्गशाला बनाउने भनी तत्कालीन सरकारसँग गरेको सम्झौताको उल्लंघन गरी जनजाति आदिबासीहरुको मृतात्माको अपमान गरेको छ।तत्कालीन सरकार प्रमुख स्व . गिरिजा प्रसाद कोइरालाको सरकारसंग गरेको सम्झौता अनुसार उक्त स्थानमा आदिबासी जनजाति हरुको कपुरखानलाई नष्ट गरी एक अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भनी सहमति भएको थियो र त्यो रंगशालाको नाम ,आदिबासी जनजाति अन्तराष्ट्रिय रङ्गशाला हुने बनी सहमति गरिएको थियो।तर वर्तमान सरकारले उक्त सम्झौताको उल्लङ्घन गरी सो रङ्गशालाको नाम परिवर्तन गरी मदन भण्डारी अन्तराष्ट्रिय रङ्गशाला राख्यो जसको घोर आपत्ति अनि विरोध भयो र अन्तत रङ्गशालाको स्थान नै परिवर्तन गरी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्ने काम भयो।
वर्तमान कम्युनिष्ट सरकारले जनजाती समुदाय माथिको दृष्टिकोण छर्लङ्ग पार्दै जातिय पहिचान ,राष्ट्रिय एकता,धार्मिक सहिष्णुता र अखण्डता माथिको नाङ्गो प्रहार गरेको छ।त्यस्तै झापाको मेचीनगरमा रहेको कपूर स्थानको पनि जबर्जस्ती नष्ट गरी जातिय सदभाव खल्बल्याउने काम गरेको छ। सरोकारवाला समुदायलाई जानकारी नै नगरी हचुवाको भरमा समाधि स्थलको नष्ट गर्ने काम आपत्तिजनक छ।
किरात समुदायहरूको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको र जातीय संस्कार,धर्म,पहिचान,आस्था,रीतिरिवाज,संस्कृति र अनुष्ठानको प्रतिकको रुपमा रहेको ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा क्षेत्रलाई पनि विवादित बनाएको छ। किराँत याक्थुङहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ नाम परिवर्तन गरी विवाद सिर्जना गरेको छ।किरात संस्कृति अनुसार मुक भन्नाले शक्ती र लुङ भन्नाले पवित्र ढुङ्गा भन्ने विश्वास गरिन्छ।शक्तिको प्रतीकको ढुङ्गा भनी हजारौं वर्ष देखि पूजा पाठ गर्दै आएका संस्कार र संस्कृति बोकेका आदिबासी जनजाति माथि अपमान गरेको छ।सनातन धर्म संस्कृति र किरात मुन्धुम धर्म संस्कृति बीचको एकता ,अपनत्व र धार्मिक सहिष्णुता माझमा फाटो ल्याउने काम गरेको छ।वर्तमान ओली सरकार देश भित्र भयका विभिन्न जात जाति, भाषा भाषी,धर्म सम्प्रदाय माथि फाटो सृजना गरी आफ्नो आयु लम्याउने गलत रणनिती बाट निर्देशित देखिन्छ।
सदियौं वर्ष देखि कायम रहेको राष्ट्रिय एकतालाई खलबल्यायार त्यो धमिलो पानीमा राजनीतिक माछ मार्न उद्यत नेपालका सत्तासीन पार्टीका नेता र उनीहरूको क्रियाकलापले नेपाली जनतालाई आजित बनाएको छ।विकल्पै विकल्पको खोजीमा भौंतारिएका नेपाली जनताले जातिय सदभाव सहितको अग्रगमन को गोरेटो रोज्नु नै निर्विकल्प हुने छ।नेपालका केही पार्टीका नेताहरुले जनजाती आदिबासीका केही भरौटे अगुवा पछुवा जनजाति नेता हुँ भन्ने चरित्रको ढाडमा नै टेकेर उनीहरूको आस्था र पहिचानमाको शिर छेदन गर्दा सम्म नतमस्तक भएर साक्षि बन्ने महामहिम हरुबाट नै बढी सजक र साबधान हुनु जरुरी छ ।अबको आधुनिक विश्व मा सबैको आस्था,पहिचान को नामेल होइन सामेल गरेर अघि बढनु नै अर्जुन लक्ष्य लिनु पर्छ। (लेखक : संघीय लिम्बूवान पार्टीका नेता हुन् । )