
झापा ,१७ बैशाख । कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको झापामा आइतबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू गरिने जानकारी दिए ।