दमक,१६ बैशाख । दमक -१ स्थित दमक बहुमुखी सहकारी संस्थाले आफनो २० औ बार्षिकोत्सवका अवसर पारेर आज कोभिड -१९ बिरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ । संस्थाले कार्यालय आसपास र फाल्गुनन्द चोक क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरु गरि मनाईएको व्यवस्थापक हेमन्त रिजालले वताए ।
उनका अनुसार प्रतिनिधिमूलक रुपले संस्थाका सञ्चालक,शेयर सदस्य तथा कर्मचारीहरु सहभागि भएर प्लेकार्ड बोक्दै मास्क र सेनिटाईजर समेत वितरण गरिएको छ। कोभिडबाट बच्न मास्क अनिवार्य लगाउन अनुरोध गरि सर्वसाधारणहरुलाई माक्स वितरण गरिएको थियो । त्यस कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति समेत थियो ।