झापा ,१६ बैशाख । झापाको कमल गाउँपालिका वडा नं. ६ मा कार्यालय रहेको वर्कफर नेपाल नामक सामाजिक संस्थाले एक अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेण्टको सहयोगमा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ६ का २५० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
मुस्लिम समुदायको महान पर्व रमादानको अवसर पारेर संस्थाले जनप्रतिनिधि,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा त्यहाँका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको जनाएको हो ।
कचनकवल -६ का वडाध्यक्ष कुल बहादुर कार्की प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि हालै संस्थाले प्रत्येक परिवारलाई चामल २५ के.जी.,दाल २ के.जी., पिठो ५ के.जी., तेल २ लिटर , नुन १ के.जी., चिउरा २ के. जी. खजुर १-२ के. जी. चिनी २ के.जी. सेवई १ केजी लगायतका दैनिक उपभोग्य खाद्यान्न वितरण गरीएको संस्थाका कोषाध्यक्ष दिनेश संग्रौलाले बताए ।
अमेरिकामा बसोबास गर्ने मुस्लिम समुदायको सहयोगमा हेपिङ्ग हेण्ड मार्फत आएको सहयोग हरेक बर्ष विपन्न समुदायहरुमा वितरण गर्ने गरिएको वर्क फर नेपालका अध्यक्ष तिल्चन्द्र अधिकारीले वताएका छन् ।