
काठमाडौं, १६ बैशाख । कोरोना संक्रमणपछि एक सातादेखि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ।
अक्सिनजको मात्र कम देखिएपछि उनलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ र बाँकी स्वास्थ्य समस्या नदेखिएको उल्लेख गरेका छन् ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी अहिले पनि अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन्।
पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको जनाइएको छ।