कियाचु अमेरिका शाखाको नयाँ नेतृत्व


झापा,१३ बैशाख । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ अमेरिकाको शाखाको नयाँ नेतृत्व चयन भएको छ ।
चुम्लुङ अमेरिका शाखाको हालै सम्पन्न आठौ महाधिवेशनले सुमन थाम्सुहाङ लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति भएको छ ।
यसैगरि नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू ,उपाध्यक्ष ममता सुब्बा लाबूङ,महासचिवमा सुर्य लिङदेन ,सचिवमा दिपक थेबे लिम्बू ,कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू र सहकोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बो चुनिएका छन् । यस्तै सदस्यहरुमा साबि लिङदेन ,विमल चेम्जोङ , मणि लिबाङ , निर्मला कन्दङवा , बिवश माङमू , बिबश बेनाम, बानू तुम्बाहाम्फे ,सोनु पयाङगू लिम्बू ,कृष्ण फोम्बो ,सम्झना लाबूङ लिम्बू, जिवन खजुम र निलम जबेगू चुनिएका छन् ।
यसैवीच नवनिर्वाचित अध्यक्ष थाम्सुहाङले नेतृत्वको जिम्मेवारी सगै आफ्नो व्यक्तिगत तर्फबाट संस्थाको हित, बिकास र उन्नतिको लागी ५००० डलर दिने घोषणा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.