कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य राईलाई पत्नीशोक


दमक १२ बैशाख, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नी शोक परेको छ । पाँचथर रविमा जन्मभई हाल झापाको कमल गाउँँपालिका वडा नम्बर ५ मंगलवारे वजारमा बसोबास गरिआएका उनका ७२ बर्षिया श्रीमती इन्द्रकुमारी राईको आज विहान असमायिक निधन भएको हो । श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि उनको आज विहान १।३० वजे विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आज आईतवार दिउसो कमल ५ सावित्रा चौंक उत्तर जंगलमा अन्येष्टि गरिएको छ । राईको अन्येष्ट गरिनु अघि पाटिका केन्दी्रय सदस्य केशबकुमार बुढाथोकी, पाटीका झापा सभापति उद्धब थापा लगायतका नेताहरुले पाटीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनका एक छोरा सुमन र छोरी समिता राई छन् ।

Leave a Reply

Your email address will not be published.