गुरुकुलमा भट्टराई परिवारले शिवालय मन्दिर निर्माण गरिदिने


दमक,८ बैशाख । दमक ४ मा रहेको वशिष्ठ संस्कृत गुरुकुल विद्यापिठ परिसरमा दमकका भट्टराई परिवारले शिवालय मन्दिर निर्माण गरिदिने भएका छन् ।
ताप्लेजुङ्ग तेल्लोकका महाजन स्व। भर्तध्वज भट्टराईका सन्तानहरुले उक्त शिवालय निर्माण गर्न लागेका हुन । दमक क्षेत्रमा रहेर सामाजिक कार्यमा सक्रिय भर्तध्वजका नातिहरु भिम भट्टराई, प्रेम भट्टराई, सुवास भट्टराई, राजकुमार भट्टराई, हरि भट्टराई लगायतको सक्रियतामा शिवालय निर्माण गर्न लागिएको हो । गुरुकुलमा दैनिक रुद्राभिषेक र जापको लागी शिवालय आवस्यक देखिएकार निर्माण गर्न लागिएको सो परिवारका अगुवा भिम भट्टराईले बताए ।
गुरुकुल परिषरमै पर्ने गरी ३ कट्ठा जमिन खरिद गरि शिवालय निर्माणको तयारी गरिएको भर्तध्वजकी नातिनि बुहारी शकुन्तला भट्टराईले जानकारी दिईन् । मन्दिर निर्माणका लागी करिब ३२ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको उनले बताईन् ।
भट्टराई कुल वंश प्रतिष्ठानका अगुवाईमा सञ्चालित उक्त गुरुकुल परिसरमा आज बिहान एक कार्यक्रम गरि शिवालयको शिलान्यास गरिएको छ । महाजन भर्तध्वजकी कान्छी बुहारी मायाँदेवी भट्टराईको हातबाट शिवालयको शिलान्यास गरिएको छ । गुरुकुलका संस्थापक अध्यक्ष तथा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराई, प्रतिष्ठानका पूर्व केन्द्रीय कोषाध्यक्ष राजकुमार भट्टराई, गुरुकुलका प्राचार्य चेतन आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.