लुम्बिनी विकाश बैंकको अब दमक र बिर्तामोडमा पनि शाखा


दमक ६ बैशाख
, लुम्बिनी विकास बैंकले सोमबार एकै दिन तीन ओटा शाखा विस्तार गरेको छ । झापाको दमक, विर्तामोड र कावासोतीमा सेवा विस्तार गरेसँगै बैंकका ७२ ओटा शाखा सञ्चालनमा आएका छन् । दमक शाखा उद्घाटनका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहोराले बताए अनुसार हाल बैंकले नेपालका सातै प्रदेशका २८ शाखामा सेवा दिई रहेको छ ।
दमक शाखाको बैंकका सञ्चालक निर्देशक केशव खतिवडा तथा वडा नं. ७ का वडाध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक प्रतापकुमार आचार्यको पनि उपस्थिती रहेको थियो । पाँचओटा वित्तिय संस्थाहरु एकिकरण भई सेवा शुरु गरेको बैंकले सवै प्रकारका बैंकिङ् सुविधा उपलव्ध गराउने उद्घाटन कार्यक्रममा बताईएको थियो ।

Leave a Reply

Your email address will not be published.