
दमक,६ बैशाख । दमक ७ मा बसोबास गर्दै आएका भुमिहीनहरुलाई नगरपालिकाले हटाएको विषयमा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिष्ठानको तर्फबाट एक विज्ञप्ति जारी गर्दै त्यस विषयमा नगरप्रमुख रोमनाथ ओलीसँग छलफल भएको पनि जनाईएको छ । छलफलका क्रममा नगरप्रमुख ओलीले सो विषयलाई चाँडै समाधान गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार कोमलप्रसाद प्रसाई, झापा अध्यक्ष डा।नविन चापागाँई, वरिष्ठ उपाध्यक्ष धनन्जय बास्कोटा, सचिव नविन योगी र कोषाध्यक्ष चैतन्य बरालले संयुक्त विज्ञप्ति जारी गरि बसोबास जस्तो संवेदनशिल विषयलाई उचित व्यवस्थापन गरि मानव अधिकारको रक्षा गर्न आग्रह गरिएको छ ।
प्रतिष्ठानको टोलीले वस्ति उठाईएको क्षेत्रको स्थलगत अवलोकन पनि गरेको छ । साता दिन अघि नगरपालिकाले आफनो स्वामित्वमा रहेको दमक ७ स्थित सुनचाँदी लाइन र पञ्चमुखी टोलका सुकुमबासी बस्तीका २० वटा घरटहरा भत्काएको थियो ।