दमकमा महिला संघको शुभकामना आदानप्रदान कार्यक्रम


दमक,६ बैशाख । नयाँ बर्ष २०७८ को उपलक्ष्यमा नेपाल महिला संघ दमक नगर समितिले आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
संघले पार्टी कार्यालयमा एक कार्यक्रम गरि शुभकामना आदानप्रदान सम्पन्न गरेको हो ।
संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रम सहभागिहरुले नयाँ वर्षलाई व्यक्तिगत संगै पार्टी हितका लागि पनि यो नयाँ वर्ष उपयोगी वनाउन लाग्नु पर्ने औल्याए ।
कार्यक्रममा पूर्व सांसद विश्वदिप लिङदेन, महासमिति सदस्यहरु शुरेस सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, महिला संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाई, पार्टी नगर सभापति रोशन बिष्टलगायतले शुभकामना राखेका थिए ।
त्यस्तै, संघकी महाधिबेशन प्रतिनिधिहरु गोमा बुढाथोकी,चन्द्रा खड्का भट्टराई, संघकी पूर्व नगर सभापति लता चापागाई लगायतले समेत शुभकामना राखेकी थिइन् ।
संघकी नगर सभापति मन्दरा चिमरिया पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा संघकी नगर उपसभापति गोमा आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा पार्टीका नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.