प्रदेश एक प्रहरीमा गत वर्ष ६ हजार ८ सय बढि मुद्दा दर्ता


बैसाख ६, गतवर्ष २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा प्रदेश एक प्रहरीमा ६ हजार ८ सय ७६ मुद्धा दर्ता भएका थिए । जसबाट ३८ करोड भन्दा बढी राजश्व संकलन भएको छ । प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता भएका हुन । जसबाट प्रहरी संगठनले ३८ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा पनि प्रहरीले उल्लेख्य मात्रामा सफलता हासिल गरेको जनाएको छ। प्रदेश एकका प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की प्रदेश १ मा मिति २०७७ साल बैशाखबाट हाजिर भएयता चैत्र मशान्त सम्मको एक बर्षको अवधीमा ६ हजार ८ सय ७६ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको प्रदेश १ प्रहरीले जनाएको छ ।

भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७८७ जना फरार प्रतिवादी पक्राउ गरी ७४४ बर्ष कैद भुक्तान भई , ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३ हजार ४८८ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १२ लाख १३ हजार १९९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ८ हजार १४२ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार बढि रोपनी जग्गामा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १५० जना मानिस पक्राउ गर्नुका साथै १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४१ जना मानिस र ७०६ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ५५ लाख १८ हजार २२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गर्नुका साथै ३००१।१२ क्यू।फिट। काठ बरामद गरी ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ । यसरी मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता भई ३८ करोड १२ लाख ६१ हजार १७४ राजश्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published.