सुन्दर समाजको रक्तदान, १५५ पिन्ट रगत संकलन

दमक ,१२ मंसीर । दमकमा शुक्रवार आयोजित खुल्ला रक्तदानमा १ सय ५५ पिन्ट रगत संकलन भएको छ । झापासहित देश भरिका अस्पतालहरुमा रगतको अभाव भइरहेको भन्दै सामाजिक कार्यमा सक्रिय संस्था सुन्दर समाज नेपालले आयोजना गरेको खुल्ला रक्तदानमा ५९ महिलासहित १५५ जनाले रगतदान गरेका हुन् ।

दमकको गणतन्त्र चौंकमा भएको रक्तदानमा आयोजक संस्थाकी अध्यक्ष विन्दु सिटौला (लक्की ),कन्काईका सामाजिक अगुवा भोजकुमार थापा,महिला नेतृ ओममाया आङदेम्बे,भगवती श्रेष्ठसहित संस्थाका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, शसस्त्र प्रहरीहरुले रगतदान गरेका संस्थाकी सदस्य मनु साङपाङले जानकारी दिईन् । रक्तदाता मध्ये ज्येष्ठ समेत रहेका सामाजिक अगुवा थापाको यो ७३ औं, भगवतीको ५१ औं भएको दाताको दावी छ ।
संकलित रगत दमक आसपास भएका रक्तदानहरु मध्ये पछिल्ला समय यो नै ठुलो रहेको आयोजकको भनाई छ ।
रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक पालिका शाखाको रक्त संचार सेवा केन्द्र दमकको प्राबिधिक सहयोग तथा लक्की इन्टेरियर डेकोरको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।
संस्थाकी अध्यक्ष सिटौला (लक्की) का अनुसार अहिले देशभर रगतको अभाव भएको छ । रगतको अभावले कोहि कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताईन् । रक्तदान कार्यक्रममा रेडक्रस दमकका पूर्व सभापति प्रकाश बुढाथोकी,जीवनचक्र समाज नेपालका अध्यक्ष जीपी गौतम,रक्तसञ्चार सेवा केन्द्रका प्रर्वद्धक सिद्धार्थ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published.