दमक ,५ मंसीर । दमकका पत्रकार अनिलदेव राई ‘फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कार ’ बाट पुरस्कृत भएका छन्। दमक १ मा मुख्य कार्यालय रहेको सो संस्थाको शनिबार सम्पन्न माइन्युट प्रमाणीकरण सभाको अवसरमा उनलाई नगद १० हजार १५ राशीको सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
सहकारीको क्षेत्रमा कलम चलाएबापत उनलाई दोसल्ला ओढाएर नगद, ताम्रपत्र द्वारा पुरस्कृत गरिएको थियो । दमकलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका राई हाम्रो सरोकार डटनेट अनलाइन न्युज पोर्टलका सम्पादक हुन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, विशिष्ट अतिथि जिल्ला सहकारी सङ्घ लेखा समिति झापाका अध्यक्ष चुडामणी ओझा, सहकारीका पूर्व अध्यक्ष मेहरमान लिङदेन,अध्यक्ष संकल्प लिङदेन लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए।