झापा, ५ कात्तिक । झापाको बिर्तामोड -२ रामचौकस्थित बडी ग्यारेजभित्रको क्यान्टिनमा काम गर्ने एक जना कामदारको आगलागीमा ज्यान गएको छ ।यसरी ज्यान गुमाउनेमा गौरीगंज –२ बस्ने ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार ध्रुब भट्टराईको जग्गामा टिनको छानो भएको घरमा बिर्तामोड ४ बस्ने रबि राजबंशीले सञ्चालन गरेको बडी ग्यारेज(ठुला सवारी साधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट क्यान्टिनभित्र रहेको भाडाबर्तन,लत्ताकपडा , ३ थान खसीबाख्रा,नगद एक लाखसमेत पूर्णरुपमा जल्दा ३ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै बडी ग्यारेजमै टाँसिएको राजेन्द्र अग्रवालले संचालन गरेको मार्बल टाइल्सको गोदाममा समेत सामान्य क्षति भएको छ । दमकलबाट आगो निभाउने क्रममा अग्रवालको गोदामभित्र रहेको अन्दाजी २०÷२५ बोरा सिमेन्ट भिजेर २५ हजार बराबरको क्षति भएको छ । आगो प्रहरी, दमकल, स्थानीयबासीको सहयोगमा बिहान ४;३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।