दमक,८ भदौं । शुल्क वृद्धिको बिरोधमा आन्दोलनरत विद्यार्थीहरुको एक समूहले दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले बृद्धि गरेको शुल्क फिर्ताको माग राख्दैं आन्दोलनरत विद्यार्थीहरूले आज बिहान क्याम्पस प्रमुखको कार्यालय र प्रशासन शाखामा तालाबन्दी गरेका हुन्।
विद्यार्थीहरूले बढाइएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलनलाई थप सशक्त बनाएका छन्। शुल्क वृद्धिले विद्यार्थी तथा अभिभावकमाथि आर्थिक भार थपिएको भन्दै उनीहरूले निर्णयमा पुनर्विचार गर्न माग राख्दै तीनदिन देखि क्याम्पसमा प्रर्दशन गरिआएका छन् । शुल्क निर्धारण गर्दा विद्यार्थी तथा सरोकारवालासँग आवश्यक छलफल र सहमति गर्नुपर्ने आन्द्योलनरत विद्यार्थीहरुको माग छ ।
माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने विद्यार्थीहरूको भनाइ छ । आन्दोलनको नेतृत्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष भूपेन्द्र बस्नेतले गरिरहेको जनाइएको छ ।