दमक,१६ साउन । झापा प्रहरीले दमकबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे दमक नगरपालिका–४ आकाशे पुल नजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा दुई वटा स्कुटरबाट यात्रा गरिरहेका तीन जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट १ ग्राम ५२० मिलिग्राम ब्राउन हेरोइन तथा प्रतिवन्धित ४,९६० क्याप्सुल बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–२० का ३४ वर्षीय बुद्ध राई, मोरङ मिक्लाजुङ गाउँपालिका–१ का २३ वर्षीया रोमी लिम्बू र दमक नगरपालिका–७ का २२ वर्षीय करण मल्लिक रहेका छन्। पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।