दमक,१३ साउन । झापामा एक वेवारिसेसहित दुई पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरीका अनुसार झापाको दमक नगरपालिका–९ स्थित एमाले पार्टी कार्यालय नजिकैको खोल्सोमा सोहि वडाका ४५ वर्षीय रमेश दर्जी र बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलाको पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
दर्जीको आज बिहान खोल्सीमा घोप्टो अवस्थामा शव फेला परेको थियो । घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार मंगलवार साँझ करिब ६ बजे बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको देउनिया पुलमुनि एक पुरुषको शव फेला परेपनि अझैसम्म पहिचान खुल्न सकेको छैन् ।
मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।