टाँडीमा दन्त शिविर, ४७७ जना लाभान्दित

दमक ,१४ असार । मोरङको मिक्लाजुङ–३ (टाँडी) धोबेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा शुक्रवार आयोजित निःशुल्क दन्त शिविरमा ४ सय बढीले सेवा पाएका छन् ।
दमकस्थित दमक थुलुङ डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा शिक्षक,विद्यार्थीसहित उनका अभिभावकहरु गरि ४ सय ७७ जनाले विशेषज्ञ दन्त सम्बन्धी स्वास्थ्य सेवा पाएका थिए ।
शिविरमा परीक्षण गरिएका मध्ये ३९ जना विद्यार्थीहरुको मात्रै दाँत र मुख स्वस्थ्य देखिएको डेन्टलकी दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले बताईन् । उनका अनुसार शिविरमा दन्त परीक्षण गर्न आएका अधिकांसमा दन्त तथा मुख सम्बन्धी समस्या पाईएको छ ।

यसैगरि, डेन्टलले शिविरमा ५१ जना विद्यार्थीहरुलाई दाँत माझ्ने ब्रस समेत प्रदान गरिएको डेन्टलकी सञ्चालकसमेत रहेकी डा. थुलुङले जानकारी दिईन् ।
शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविर कालिका सामुदायिक माविले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published.