विचार : प्रोस्टेट के हो ?

-डा.लेखनाथ न्यौपाने

बिना अप्रेशन धेरै प्रोस्टेट पीडितलाई राहत दिन सकिन्छ औषधीको माध्यमबाट पनि । होमियोप्याथिक, आर्युवेिदक तथा योग चिकित्साबाट हजारौ प्रोस्टेट रोगीहरुले राहत पाएका छन् । नियमित व्ययाम खानपिनमा सरलता अर्थात सहजै पच्नसक्ने साकाहरी भोजन एउटा सहज माध्यम हो । मासहारीले पनि पोलेको धेरै मसला भएको र पटक पटक पकाएको मासु नखाने । दैनिक फलफुलको मात्रा थोरै भए पनि सेवन गर्ने । एउटा अध्यायन अनुसार हाम्रो शरिरलाई आवश्यक पर्ने लाइकोपेन भन्ने तत्वको कमी भएमा शरिरमा विशेष गरेर प्रोस्टेटलाई क्यान्सर लाग्न सक्छ । यो हुनबाट बचाउछ लाइकोपेनले । र,लाइकोपेन भन्ने तत्व फलफुलमा पाईन्छ । जस्तै गोलभेडा, अमला, कागती, रुख टमाटर, स्याउ र धेरै बियाँ भएका तरकारी र पहेला फलफुलमा ।

विषेश गरेर रातको समयमा बढी पिसाव लाग्ने, चाडो चाडो पिसाव फेर्न उठनु पर्ने, पिसाव खुलेर नहुने, निक्कैबेर सम्म आईरहने, धारो सानो आउने, थोपा थोपा आउने, कन्नुपर्ने र कहिलेकाही ठाउमा पुग्न नभ्याईने, पिसाव गर्दा पोल्ने, रगत देखापर्ने जस्ता समस्या पुरुषहरुमा देखापर्छन । यही र यस्तै खाले समस्याहरुलाई प्रोस्टेटको समस्या भनिन्छ ।

चालीस वर्ष नाघीसकेका पुरुषहरुमा देखा पर्ने एउटा गंभीर समस्या हो प्रोस्टेट । यो ग्रन्थि पुरुषमामात्र पाईने हुदा प्रोस्टेटलाई पुरुष ग्रन्थि पनि भनिन्छ । धेरैजसो पचाँस देखि सत्तरी वर्ष बीचका पुरुष यो र यस्तै खाले लक्षणहरु लिएर किल्निक धाउनेको सख्या दिन प्रतिदिन वढदै गएको देखिन्छ । यता अप्रेशन गराउनेको संख्या पनि बढदो छ । यसकासाथै यौन दुर्वलता पनि यही उमेरमा धेरै देखिएको छ । उमेरले डाँडा काटे पनि मन बुढो नहुने हुँदा हरेक खाले चाहना मानिसमा रहिरहन्छ । राती आन्नदले निदाउने कुरालाई प्रोस्टेटले रोक्न सक्छ । छिनछिनमा पिसव गर्न उठिरहनु पर्ने वाध्यताले अरु समस्या जन्मिन सक्छ ।

वास्तवमा प्रोस्टेट के हो त? भन्ने आम मानिसमा जिज्ञास बढनु स्वभाविक हो । यो एउटा ग्रन्थि हो र यो पुरुषमा मात्र हुन्छ । यो पिसावथैलि मुन्तिर पिसाव थैलीबाट निस्कने मुत्रनली(युरेटर)लाई घेरेर बसेको हुन्छ । जन्मेदेखिनै सानो आकारमा रहने यो ग्रन्थि उमेरसँगै बढछ । वयस्क उमेरमा यसको तौल २० या २२ग्राम सम्म पुग्छ । यो समान्य हो । जब यसको आकारमा बृदि हुदै जान्छ र व्यात्तिलाई असहज हुँदै जान्छ, जस्तै पिसाव छिनछिनमा लग्ने, राती निक्कै पटक उठनु पर्ने, पिसव फेर्न निक्कै समय लाग्ने, ननिथ्रिएको महशुस हुने, फेरीसकेपछि पनि पुनः जाउ जाउ लाग्ने, रोक्न मुस्किल हुने, कसैकसैलाई यौन चाहना हराउने जस्ता लक्षणले सताउन थाल्छ । यस्ता लक्षण देखिएमा उपचारको आवश्यकता हुन्छ ।

कारणहरुः शरिरमा उत्पन्न हुने हर्मोेन (रसराग) टेस्टोस्टेरोनको कमी हुदैजादा यो समस्या देखा पर्छ भने अर्को बंशाणुगत र पटक पटक पिसावमा देखिने संक्रमण अनि संक्रमणका कारण प्रोस्टेट सुन्निनु हो । यसरी नै नियोप्लाजम नामक कोषहरुको अनावस्यक बृदि हो । यस्तो अवस्थालाई फाइब्रोमायोएडिनोमा भनिन्छ । यसका साथै अन्य कारणहरु पनि हुन सक्छन् ।

प्रकारः विषेश गरेर बेनाईन र कार्सिनोजेनिक अर्थात क्यान्सर हुने र नहुने रुपमा देखा पर्छ । कसैकसैमा प्रोस्टेट सुन्निएर नघटेको अवस्था पनि हुन्छ । यो अवस्थामा पनि माथीकै लक्षणहरु देखा पर्ने र ती लक्षणहरु रहिरहन सक्छन् । हेर्दा आकार सामान्य भन्दा ठूलोमात्र भएको अवस्थामा पनि विरामीले नियमित जाँच भने गराउनु पर्छ । पुरुषहरुमा प्रोस्टेट क्यान्सर उच्च दरमा देखिएको छ । प्रोसटेट वढेको अवस्थामा जस्तै प्रोस्टेट क्यान्सरमा पनि तिनै लक्षणहरु देखिने हुँदा सजग रहनुपर्छ । जस्तै पिता पुर्खामा क्यान्सरको इतिहास, आफैमा क्यान्सरको उपचार चलिरहेको अवस्थामा या प्रोस्टेटको अप्रेशन पस्चात पनि उही समस्या देखिएमा पिसाव गर्दा पोल्ने या दुख्ने भएमा एक पटक जाँच गराउनु राम्रो हुन्छ । पिएसए यसको जाच हो जसले प्राष्टेट क्यान्सर भए नभएको जानकारी दिन्छ ।

उपचारः बिरामीको उमेर, रोगीको अवस्था र प्रोस्टेटको आकारका आधारमा उपचार विधि अपनाईन्छ । विषेश गरेर औषधीको सेवन गरेर वढदै गरेको प्रोस्टेटलाई अरु वढन बाट रोक्ने । यदि औषधीले वढनबाट रोक्न सकेन र बिरामीलाई असहज भईरहेमा अप्रेशन अथवा वढेर गएको अनावश्यक कोषहरुलाई खुर्केर प्mयाक्ने । दोस्रो ,उपचार सुन्दा सजिलो लागे पनि खर्चको अभावमा र सहज सेवा उपलब्ध नभएका कारण दुर–दराजमा वस्ने अधिकाश नागरिकहरुले यस्तो खालको सेवा लिन सकेका छैनन् । यसमा पनि अप्रेशन असफल हुने र समस्या दोहोरीने घटनाहरु बढी भएकाले धेरै रोगीहरु रोग सहेर बस्न बाध्य छन् । समय समयमा पुनः जाँच गराउनु पर्छ भन्ने ज्ञानको कमी र अभावले पनि उपचार असफल भएको पाइन्छ । एक पटक जाँच या अप्रेशन गराए पछि अब पुग्यो, जानु पर्दैन भनेर बस्नु राम्रो होइन । कम्तीमा पनि वर्षमा एक पटक जँचाउनु उचित हुन्छ । यसकासाँथै भविस्यमा प्रोस्टेट क्यान्सर हुन पनि सक्छ भन्ने कुरा ध्यानमा राखेर एउटा रगतको परीक्षण गराउनु राम्रो हो ।

यसरी नै बिना अप्रेशन धेरै प्रोस्टेट पीडितलाई राहत दिन सकिन्छ औषधीको माध्यमबाट पनि । होमियोप्याथिक, आर्युवेिदक तथा योग चिकित्साबाट हजारौ प्रोस्टेट रोगीहरुले राहत पाएका छन् । नियमित व्ययाम खानपिनमा सरलता अर्थात सहजै पच्नसक्ने साकाहरी भोजन एउटा सहज माध्यम हो । मासहारीले पनि पोलेको धेरै मसला भएको र पटक पटक पकाएको मासु नखाने । दैनिक फलफुलको मात्रा थोरै भए पनि सेवन गर्ने । एउटा अध्यायन अनुसार हाम्रो शरिरलाई आवश्यक पर्ने लाइकोपेन भन्ने तत्वको कमी भएमा शरिरमा विशेष गरेर प्रोस्टेटलाई क्यान्सर लाग्न सक्छ । यो हुनबाट बचाउछ लाइकोपेनले । र,लाइकोपेन भन्ने तत्व फलफुलमा पाईन्छ । जस्तै गोलभेडा, अमला, कागती, रुख टमाटर, स्याउ र धेरै बियाँ भएका तरकारी र पहेला फलफुलमा ।

त्यसैले बेलैमा रोगका बारेमा जानकारी राखेर आप्mनै घर र करेसा बारीमा उत्पादन हुने तरकारीको सेवन गरेर क्यान्सर जस्तो डरलाग्दो रोगबाट टाढा रहन सकिन्छ भने प्राकृतिक उपचर पद्वति अपनाएर अप्रेशनबाट केही हदसम्म बँच्न सकिन्छ । यसकासाँथै सहज जिवन बनाउन पनि सकिन्छ । जसरी जंगलमा चर्ने गाईबस्तु घासपातसँग मिसिएका जडीबुटी खाएर स्वस्थ हुन्छन त्यसरी नै हामी पनि सागसब्जी र फलफुलको सेवन गरेर स्वस्थ रहन सक्छौ ।

होमियोप्याथिक औषधीहरु प्रोस्टेट विरामका लागी निक्कै प्रभावकारी हुन्छन । ती मध्ये केहि यस प्रकार छन् । सेवल सेरुलेटा, थुजा, कोनियम, फेरम पिक्रिकम, बैराइटा कार्ब आदि । तर, होमियोप्याथिक चिकित्सामा विरामीको लक्षण र चिन्नका आधारमा औषधी दिइने हुँदा कुनै पनि औषधी चयन हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाह बमोजिम मात्र औषधी सेवन गर्नुपर्छ ।(लेखक,दमकका पूराना होमियो चिकित्सक हुन् ।)

Leave a Reply

Your email address will not be published.