प्राथमिक उपचार तालीममा बालबालिकाहरु

दमक,२ असार । झापाको कमल गाउँपालिका- ५ स्थित नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाले सञ्चालन गरेको प्राथमिक उपचार तालीममा अभ्यास गर्दे बालबालिकाहरु । कमल- ६ वडा कार्यालयको सहयोग तथा वडा बाल सञ्जालको समन्वयमा सञ्चालित तालीममा रेडक्रस झापा जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको थियो । रेडक्रसको सभाहलमा भएको तालीममा विभिन्न बाल क्लवका तीन दर्जन बालबालिकाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.