दमकमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल शुरु

दमक, १ असार । दमकमा नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ।प्रदेश खेलकुद विकास वोर्ड,कोशी प्रदेश तथा झापा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा ६ दिनसम्म् प्रतियोगिता सञ्चालन हुनेछ।

आईतबार पहिलो चरणमा मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फूयाँलले जीत प्राप्त गर्दै सुखद् शुरुआत गरेका छन् । ज्वाला इम्बुङ, सिएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै समान ०.५ अंक जोडेका छन्।
यस्तैगरी महिलातर्फ प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सुशिला गुरुङ, कृतिसारा अधिकारी तथा बिनिता कपालीले विजय हासिल गरेका छन्।पुनम प्रसाईं र प्रविशा दवाडीले बराबरी खेल्दै ०.५ अंक प्राप्त गरेका छन्।

प्रतियोगिताका शीर्ष चार खेलाडी सहित वर्तमान राष्ट्रिय विजेता गरि दुवै विधाका पाँच ,पाँच खेलाडी आगामी सेप्टेम्बरमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि नेपाली टोलीको छनोट हुनेछन्।
वर्तमान नेपाल शीर्ष ३ तथा राष्ट्रिय बी वाट छनोट भएका शीर्ष ९ जना गरि १२ जना राष्ट्रिय खेलाडी बिच ११ चरणको एक आपासमा राउण्ड रोबिन खेल मार्फत वरियता निर्धारण हुने भएको छ।

Leave a Reply

Your email address will not be published.