स्कुल बसले किच्दा गौरादहमा ४ वर्षीय बालकको मृत्यु

गौरादह,१३ जेठ। स्कुल बसले किच्दा झापाको गौरादह नगरपालिकामा ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बेलुका करिब ५ बजेको समयमा गौरादह नगरपालिका वडा नं। ७ स्थित फगेटीमा स्थानीय सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत विद्यार्थी ४ वर्षीय आरोग्य चिमरियाको मृत्यु भएको हो ।

स्थानीय खड्ग चिमरियाका छोरा आरोग्यलाई स्कुलबाट घर पुर्‍याएर ओराल्ने क्रममा सोही बसले किचेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले बस र चालक ५७ वर्षीय लाल बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

घटनाका बारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.