दमक ,१३ जेठ । दमक-६ मा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबार दमकमा आयोजना गरेको रक्तदानमा १९४ पिन्ट रगत संकलन भएको छ । संस्थाको १७औँ स्थापना दिवसको अवसरमा भएको रक्तदानमा सहकारीका अध्यक्ष टिकाराज सापकोटासहितका सञ्चालक, शेयर सदस्य , कर्मचारी तथा शेयर सदस्यहरुले रगतदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।सोहि अवसरमा नियमित रक्तदान गरेको भन्दै उषा राई र कुमार अधिकारीलाई पुरस्कृत गरिएको थियो । सहकारीले स्थापना दिवसमा बर्षेनी खुला रक्तदान गरिआएको छ ।कार्यक्रमसँगै एसईईमा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू प्रतीक अर्याल, समृद्धि सापकोटा, सन्देश भट्टराई र निमिसा निरौलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको संस्थाका लेखा प्रमुख होम श्रेष्ठले जानकारी दिए ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोईरालाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव उद्घाटन कार्यक्रममा संस्थाका सचिव कमल नेपालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन निमित्त ब्यवस्थापक राजकुमार खड्काले गरेका थिए ।