फाउण्डेशनद्धारा डा. न्यौपाने सम्मानित

दमक,३ जेठ । दमकका अग्रज होमियो चिकित्सक डा. लेखनाथ न्यौपाने सम्मानित भएका छन् ।शनिवार दमकमा एक कार्यक्रमका वीच नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियानले लेखक समेत रहेका सर्जक न्यौपानेलाई सम्मान प्रदान गरेको हो । गृह पुस्तकालय अभियानमा उत्कृष्ट कार्य गरेको भन्दै फाउण्डेशनका झापा जिल्ला संयोजक डा. न्यौपानेलाई सम्मान गरिएको थियो । डा. न्यौपाने यस प्रदेशवाणी डटकमका स्तम्भकार हुन् ।

कार्यक्रममा पुस्तकालयलाई पुस्तक प्रदान गर्ने स्रष्टाहरुलाई धन्यबाद पत्र प्रदान गरिएको थियो भने श्रष्टाहरुबीच पुस्तक चर्चा र रचना वाचन समेत गरिएको नेपाल लाईब्रेरी फाउण्डेशन झापाका सचिव ओमप्रसाद खनालले बताए ।
न्यौपानेसहित पुस्तकालयलाई विभिन्न पुस्तकहरु उपलव्ध गराउने श्रष्टाहरुलाई फाउण्डेशनका केन्द्रीय महासचिव धनकुमार श्रेष्ठ र गृह पुस्तकालय अभियानका कोशी प्रदेश

संयोजक माधवप्रसाद पोख्रेलले सम्मानपत्र तथा धन्यवाद पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा कवि तथा साहित्यकार हेमनाथ अधिकारीले इजरायल निवासी युवाल नोहा हरारीको “सेपियन्स“ पुस्तकको बारेमा चर्चा गरेका थिए ।

सोहि अवसरमा संस्थाका जिल्ला समितिका पदाधिकारीहरुलाई पदिय दायित्वको जिम्मेवारीसहितको प्रमाण पत्र प्रदान गरिएको थियो । यसरी जिम्मेवारी प्राप्त गर्नेहरुमा जिल्ला संयोजकमा डा.लेखनाथ न्यौपाने,सचिवमा ओमप्रसाद खनाल तथा सदस्यहरुमा विरेन्द्र खड्का,मेघनाथ बन्धु,दुर्गा खनाल काफ्ले,गणेशप्रसाद न्यौपाने,गणेश गौतम,विवेक दुलाल क्षेत्री,गोपालप्रसाद दाहाल,भगवती दवाडी र हिमाल सुब्बा लगायत रहेका छन ।
कार्यक्रममा साहित्यकारहरु बिन्दु दाहाल मुकदर्शक ,यादवप्रसाद अधिकारी झाक्रिखोले,टंकप्रसाद पाठक,बाशुदेव काफ्ले,तिर्थ लामिछाने,मनकुमार मगर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.