पितृको स्मृतिमा केरुङ परिवारले दिए माङहिमलाई सहयोग

दमक,२९ बैशाख । झापाको कमल गाउँपालिका वडा न. ७ मेमेङ टोलमा रहेको किरात युमा माङहिमलाई स्थानीय दाताले नगद तथा घण्टी सहयोग दिएका छन् ।
कमल ७ निवासी स्व. गौमाया लिम्बू केरुङको सोमबार छैठौ बार्षिक पूण्यतिथीका अवसर पारेर उनका परिवारजनले निर्माणाधिन माङहिमलाई रु १० हजार नगदसहित घण्टी प्रदान गरेका हुन् । माङहिमको भौतिक संरचना निर्माणमा सहयोग पुरयाँउन उक्त सहयोग प्रदान गरिएको सामाजिक अगुवा शान्ता केरुङले बताईन् ।
उक्त सहयोग रकम दाता परिवारका तर्फवाट शान्तासहित छोरी चेसुङ, भाई मोहन केरुङसहित परिवारका सदस्यहरुको उपस्थिति सो सहयोग संस्थाका उपाध्यक्ष पूर्णकुमार मावोसहित समितिका सदस्यहरुलाई हस्तान्तरण गरेकी थिईन् ।

दिवंगत गौमायाकी जेठी छोरी समेतरहेकी समाजसेवी शान्ताले माङहिमलाई ३७ हजार मूल्यको एक थान पित्तलको घण्टी दिएकी थिईन् । उक्त घण्टी करिव १७ केजीको रहेको छ । लिम्बू भाषिक गीतकार समेत रहेकी शान्ताले बर्षेनी आफनो आमाको सम्झनामा सामाजिक कार्यमा सहयोग पुरयाउँदै आएकी छन् ।

यसैगरि, बेलायतमा बस्दैआएका समाजसेवी गणेशबहादुर केरुङ र विरु केरुङले माङहिमलाई नगद १० हजार सहयोग दिएका छन् । माङहिमका जग्गादाता केरुङद्धय दिवंगत गौमायाका श्रीमान गणेशबहादुर र छोरा विरु हुन् । यसअघि समेत केरुङ परिवारले माङहिम स्थापना, भवन निर्माण लगायतका भौतिक कार्यमा सहयोग पुरयाँउदैं आएको माङहिमका उपाध्यक्ष पूर्णकुमार मावोले बताएका छन् ।

त्यहाँ किरात धर्मका अनुनायीहरुका लागि माङहिम स्थापना कर्मकाण्डहरु गर्न अहिले निर्माणाधीन भवनका कामहरु सम्पन्न हुने क्रममा पुगेको छ । माङहिम निर्माण समितिका संयोजक समेत रहेका उपाध्यक्ष पूर्णकुमार मावोले स्थानीयबासी,चन्दादाता, स्थानीय सरकारको करिव ३० लाख रुपैयाको लगानीमा मुख्य पूजास्थल, यज्ञकुण्ड, सेवासावासहितको कार्यालय कक्ष, घेराबेरा लगायतका काम पूरा हुने क्रममा रहेको बताए ।

Leave a Reply

Your email address will not be published.