दमकमा श्रम सुरक्षा सम्बन्धी अन्तरकृया

दमक,१२ बैशाख । श्रम तथा रोजगार कार्यालय झापाले दमकमा व्यवसायीहरुसंग व्यवसाजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तरकृया सञ्चालन गरिएको छ । दमक उद्योग वाणिज्य संघको संयोजन तथा संघको सभाहलमा शुक्रवार सम्पन्न श्रम सम्बन्धी जनचेतनामूलक अन्तरकृयामा तीन दर्जन बढी विभिन्न क्षेत्रका व्यवसायिक अगुवाहरुको सहभागिता रहेको थियो ।
अन्तरकृयामा श्रम कार्यालय झापाका नायव सुव्वा मातृका कट्टेलले श्रमको हक ,ऐन ,नीजि क्षेत्रका व्यवसायीहरुको भूमिकाका विविध पक्षका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्र माथि दमकका अगुवा व्यवसायीहरु विक्रम साह, बद्री वराल, काशी खाँती लगायतले जिज्ञासा राखेका थिए । व्यवसायीहरुले उठाएका सवालका विषयमा प्रशिक्षक कट्टेलले जवाफ दिएका थिए ।

अन्तरकृयासहितको जनचेतनामूलक उक्त कार्यक्रम समापनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, वरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले धन्यवाद मन्तव्य राखेका थिए । कार्यालयले यसअघि सोहि कार्यक्रम विर्तामोडमा समेत सञ्चालन गरिएको लेखापाल प्रकाश दाहालले बताए ।

Leave a Reply

Your email address will not be published.