वडा सदस्य गुरुङको निधन

दमक,२८ फागुन । झापाको कमल गाउँपालिका वडा न. ३ का वडा सदस्य एङ्गल गुरुङ्गको निधन भएको छ । ४४ वर्षिय गुरुङ्गको हृदयघातका कारण विरामी भई विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा आज अपरान्ह ३ बजे मृत्यु भएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेवाट वडा सदस्यमा निर्वाचित भएका थिए । लामोसमयदेखि उनी राजनीतिसंगै निर्माण व्यवसायका क्षेत्रमा संलग्न थिए ।

गुरुङ्ग करिब एक महिना अगाडी समेत हृदयघातका कारण विरामी भई उपचार पछि सामान्य अवस्थामा रहेका थिए । तर बुधबारराति पुनःसोही समस्या दोहोरिएपछि उनलाई उपचारका लागी अस्पताल लगिएको थियो । उपचारको क्रममा गुरुङ्गको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । गुरुङ्गका श्रीमती र १ छोरी छन् ।

Leave a Reply

Your email address will not be published.