दमक , १८ माघ । झापाको दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स)ले विद्यार्थीहरुलाई संघीय संसदको ‘प्रतिनिधि सभा बैठक ’ सञ्चालनको नमुना अभ्यास गराएको छ ।
विद्यालयको सभाहलमा दुई दिवसीय कार्यक्रम गरि संघीय बैठक सम्बन्धी नमुना अभ्यास गराइएको हो । राजनीतिमा चासो राख्ने युवा,विद्यार्थीहरुलाई कानुनी तथा संघीय संसदको भूमिकाका बारेमा जानकारी दिन यस्तो अभ्यास गराइएको जेम्स संस्थापक निर्देशक जय बहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यस विद्यालयले विगतका वर्षहरुदेखिनै प्रयोगात्मक शिक्षण विधिमार्फत यस्तो नमुना अभ्यास सञ्चालन गर्देआएको छ । देशको नीति निर्माणमा विधायकहरुको भूमिका कस्तो हुन्छ ? त्यो कसरी निर्वाह गरिन्छ ? संघीय संसद सदस्यको आफनो काम र कर्तव्यप्रति जवाफदेही हुनुपर्छ भन्ने विषयलाई व्यवहारमै उर्तान उक्त अभ्यास गराईएको उनले बताए ।
विद्यार्थीहरुलाई नै पात्र बनाएर गरेर देखाइएको उक्त नमुना बैठकमा विद्यार्थीहरुले देशका विकास निर्माण देखि बालबालिका,महिला तथा राष्ट्रिय चासोका मुद्याहरु उठान गरेर सभाहल साच्चैकै सदनका रुपमा अनुभूति हुने गरि प्रस्तुति दिएको उनको भनाई छ । दुई दिनसम्म चलेको बैठकमा ५० जनाले सत्ता तथा विपक्ष वेञ्चमा बसेर आफनो विचार राखेका थिए ।

संघीय संसदको नमुना बैठक कार्यक्रमको उदघाटन सत्रमा विहिबार कोशी प्रदेशका सांसद गोपाल तामाङ तथा शुक्रवार सम्पन्न समापन सत्रमा संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहेका थिए । तामाङ र कार्कीले विद्यार्थी जीवनमानै व्यवस्थापिका संसदको अभ्यास गराउने कार्य प्रशसंनीय भएको भन्दै त्यसबाट सवल र सक्षम युवा पुस्ताको विकास हुने विचार राखेका थिए।
……………………………………………………………………………………………………………………………………………………………..
यस्तो अभ्यास सामुदायिक तथा संस्थागत विद्यालयले त विरलै मात्र यस्तो शिक्षण सिकाई सञ्चालन गर्ने गर्छन् । संघीय बैठक सम्बन्धी विद्यार्थी आफैले गरेको यस नौलो अभ्यासले उनीहरुमा सकरात्मक प्रभाव पारेको प्रिन्सीपल सागर श्रेष्ठ बताउँछन् ।
जेम्सका शिक्षक तथा कवि धनकुटे कान्छा संघीय संसदको यो नमुना अभ्यासबाट कक्षाकोठामा पढेको सैद्धान्तिक ज्ञान प्रयोगात्मक रुपमा व्यवहारमा सिक्ने मौका पाएको बताउँछन् । उनले भने , ‘विद्यालयले भविष्यमा जानिने कुरा विद्यार्थी जीवनको यो कलिलो उमेरमानै सिकाएर फरक मात्र नभएर उर्जा प्रदान गरेको छ ।’
संघीय संसदको नमुना अभ्यासका लागि सहजीकरण गर्ने काम नेपाल ल क्याम्पस काठमाडौं र काठमाडौं विश्वविद्यालयको कानुन संकायका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले गरेका थिए । सहजकर्तामध्येका काठमाडौ विश्वविद्यालयका कानुन संकायका विद्यार्थी मन्दीप पौडेलले यस्तो नमुना अभ्यासको आयोजना गर्नु निकै चुनौतीपूर्ण भएपनि सफलतापूर्वक सम्पन्न गरेको र सहभागी विद्यार्थीहरुले कानुन र व्यवहारिक अभ्यासको राम्रो जानकारी लिन पाएको बताए ।
जेनजी आन्दोलन पछि राजनीतिमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने माग र आवश्यकता महशूस भइरहेका बेला विद्यार्थीहरुका लागि संसदीय अभ्यासको अवसर प्रदान गरिनु सकारात्मक भएको उनको भनाई छ ।
संघीय संसदको नमुना बैठक कार्यक्रमको उदघाटन सत्रमा विहिबार कोशी प्रदेशका सांसद गोपाल तामाङ तथा शुक्रवार सम्पन्न समापन सत्रमा संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहेका थिए । तामाङ र कार्कीले विद्यार्थी जीवनमानै व्यवस्थापिका संसदको अभ्यास गराउने कार्य प्रशसंनीय भएको भन्दै त्यसबाट सवल र सक्षम युवा पुस्ताको विकास हुने विचार राखेका थिए।
प्रिन्सीपल श्रेष्ठका अनुसार अभ्यासका क्रममा प्रतिनिधि सभामा कसरी विधेयकहरुमाथि विभिन्न समितिमा छलफल हुन्छ र त्यसलाई कानुनका रुपमा विकास गरिन्छ भन्ने प्रकृयाका बारेमा पनि स्वयं विद्यार्थीहरुलाईनै विभिन्न भूमिकाको नमुना पात्र बनाएर जानकारी प्राप्त गर्ने अवसर प्रदान गरिएको थियो ।
संघीय नमुना बैठकमा पुगेका दमक नगरपालिकाका शिक्षा अधिकृत सोमनाथ गुरागाईले झापा मोडलले गरेको यो पृथक किसिमको कार्यक्रमले विद्यार्थीहरुमा नयाँ अनुभूति र ज्ञान दिलाएको उल्लेख गरे ।
नमुना अभ्यासमा दमकका ढुकुरपानी मावि, भृकुटी मावि, सरस्वती मा.वि.इटाभट्टा, सरस्वती आधारभूत विद्यालय बेलडाँगी, स्कूलचौन मा.वि. गौरादह र कमल गाउँपालिकाको स्मारिका मा. वि. का कक्षा ८ देखि १२ सम्मका १२५ भन्दा बढी छानिएका विद्यार्थीहरुको सहभागिता रहेको थियो 