दमक रोटरीको अध्यक्षमा श्रेष्ठ

दमक,१५ माघ । रोटरी क्लब अफ दमकको वर्ष २०२६÷२७ का लागि सागर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको नियमित बैठकले अध्यक्षसहित सवै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।

जसअनुसार निवर्तमान अध्यक्षमा केशवकुमार अग्रवाल रहेका छन् भने निर्वाचित अध्यक्षका रूपमा भेनस श्रेष्ठ र मनोनित अध्यक्ष पदमा सन्जु कुमार पराजुली चुनिएका छन् । क्लबको उपाध्यक्षमा सन्दीप सहेवाला, सचिवमा देवेन्द्र बराल, सह–सचिवमा जस्मिन कारञ्जित श्रेष्ठ ,कोषाध्यक्षमा प्रेमबहादुर देवकोटा र सह–कोषाध्यक्षमा रुद्रविक्रम थापा चुनिएका छन् ।
त्यसैगरि,सेवा परियोजना संयोजकमा पुजन चौधरी, द रोटरी फाउन्डेशन संयोजकमा नविन कुमार अग्रवाल तथा सार्वजनिक छवि संयोजकमा गोकुल श्रेष्ठ सर्वसम्मत आएका छन ।
त्यसैगरी सदस्यता अभिबृद्धि संयोजकमा शान्तिराम निरौला, सर्जेन्ट एट आम्र्समा भरत चम्लागाईं र क्लब सम्पादकमा भूपेन्द्र प्रसाद कोइराला, क्लब प्रशासकको रुपमा दीपु चापागाईं (सन्दीप), साथै युवा सेवा संयोजकको जिम्मेवारी दधिराम ढकालले सम्हाल्नेछन् ।
दमक रोटरीका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले रोटरी अभियानलाई सार्थकता प्रदान गर्न दमक तथा आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.