गौरादह ,१५ माघ । नेपाली कांग्रेसले झापा क्षेत्र न. ५ का सवै पालिकामा निर्वाचन लक्षित प्रचार समिति गठन कार्यलाई तीव्रता दिएको छ । दमकका १० वटै वडामा धमाधम चुनावी प्रचार समिति गठन गरि वडासम्मनै उम्मेदवार पुरयाँउदै मत माग्ने क्रम तीव्र बनाइएको कार्यवहाक नगर सभापति प्रेम भट्टराईले बताए ।
उनका अनुसार माघ १२ गतेदेखि १७ गतेसम्म वडास्तरमा प्रचार समिति गठन गरिने तय गरिएको छ । जसअन्तर्गत विहिबारसम्म दमकको १,३,५,६ ,८ र ९ मा प्रचार समिति गठन गरिसकिएको छ भने दमक ४ र ७ मा शुक्रवार र दमक १० र २ मा शनिवार वडाभेला गरि चुनावी प्रचार समिति गठन गरिने सभापति भटटराईले बताए ।
दमक नगर भित्रका सवै वडामा पहिलो चरणमा प्रचार समिति गठन र चुनाव अवधि भरि उम्मेदवार घरदैलो कार्यक्रमलाई निरन्तरता दिईने उपसभापति सागर खनालले जानकारी दिए ।
यस्तै, कमलमा पार्टी सभापति खगेन भण्डारीको संयोजकत्वमा प्रचार समिति गठन गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।
गौरादहमा नगरस्तरिय प्रचार समिति गठन
कांगेस गौरादह नगर समितिले आसन्न्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफना उम्मेदवार मन्धरा चिमरिया पौडेललाई जिताउन नगरस्तरीय प्रचारप्रसार समिति गठन गरेका छ ।
कांग्रेस नगर समितिका सभापति यादवराज सेढाईको संयोजकत्वमा १५११ सदस्यीय मूल नगर प्रचारप्रसार समिति गठन गरेको हो।कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाको प्रमुख आतिथ्यतामा भएको भेलामा देशको समृद्धि र विकासका निम्ति कांग्रेसलाई जिताउन आवश्यक भएको जोड दिएका थिए । भेलामा केन्द्रीय सदस्य सुब्बा , उम्मेदवार चिमरिया, कांग्रेस झापाका जिल्ला उपसभापति शेरबहादुर भट्टराई लगायतले बोलेका थिए ।
भेलाले नगरस्तरमा प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आठवटा विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । साथै, सबै वडामा प्रचारप्रसार समिति गठन गर्ने, वडावडामा पार्टीका झण्डा फहराउने तथा संगठनात्मक गतिविधिलाई तीव्रता दिने निर्णय पनि गरिएको छ ।
बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चुनाव चिन्ह “रुख” मा अत्याधिक मतसहित विजयी गराउने गरी संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।