दमक,१२ माघ । दमकका मदिरा व्यवसायी महेन्द्र खड्काले ट्राफिक प्रहरी कार्यालय दमकलाई वाटर डिस्पेन्सर प्रदान गरेका छन् । शुद्ध पानी पिउन सहयोग पुरयाँउने उद्देश्यले उनले यहाँको ट्राफिक प्रहरी कार्यालयलाई एक थान वाटर डिस्पेन्सर प्रदान गरेका हुन् ।
आज कार्यालयमै पुगेर व्यवसायी खडकाले उक्त सहयोगी सामाग्री ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विजय राईलाई हस्तान्तरण गरे । सहयोगी सामाग्री हस्तान्तरण गर्दे उनले मानवीय सेवामा जोड दिन आफूले स्वेच्छिक रुपमा यस किसिमको सहयोग उपलव्ध गराएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश प्रसाई लगायतका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।