उम्मेदवार चिमरियालाई जिताउन कांग्रेसीहरु सक्रिय

 दमक,१३ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसलाई जिताउन वडातहका टोलटोलमा चुनावी परिचालन कार्यलाई तीव्रता दिईएको छ ।
पार्टीकी उम्मेदवार मन्धरा चिमरिया पौडेललाई जिताउन क्षेत्रभरि चुनावी गतिविधि तीव्र बनाईएको क्षेत्रीय सभापति समेत रहेका गठित क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक ढुण्डिराज भण्डारीले बताए ।

उनका अनुसार क्षेत्रभरिका २९ वटै वडामा उम्मेदवारसहितका भेटघाटका कार्यक्रम तय गरिनुका साथैं पार्टी तथा भातृ संघसंगठनहरुलाई परिचालन गरिएको छ ।
यसैक्रममा मंगलवार नेपाल महिला संघ क्षेत्रीय समितिले गोमा बुढाथोकीको संयोजकत्वमा चुनावी प्रचार समिति गठन गरिएको छ । दमकस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित भेलाले आफना उम्मेदवार चिमरियालाई जिताउन शसक्त तथा सांगठानिक एक ढिक्का भएर जनताका वीचमा जाने निर्णय भएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एमाले र रास्वपाका उम्मेदवार वीच मात्र प्रतिष्पर्धा भनिए जस्तो प्रचारवाजी हुदै आएपनि जनस्तरमा कांग्रेसप्रति व्यापक उत्साह र विश्वास रहेको उनीहरुको भनाई थियो । सो भेलामा उम्मेदवार चिमरियाले आफू यस क्षेत्रका पूराना बासिन्दा भएकाले यहाँको हितको निम्ति कांग्रेसलाई जिताउनु पर्ने औल्याईन् ।

यसैगरि, मंगलवारनै दमक- १ मा वडा भेला गरिएको सभापति गजेन्द्र देवानले बताए । पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य शुरेस सुब्बाको प्रमुख आतिथ्यतामा भएको वडा भेलामा महिला नेतृ रामकुमारी पौडेल, कांग्रेस प्रदेश सदस्य तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई,उम्मेदवार चिमरिया लगायतले यस क्षत्रेको विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

भेलामा पार्टीकी पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, कांग्रेस दमकका कार्यवहाक नगर सभापति प्रेम भट्टराई, महासमिति सदस्य आइन्द्र केरुङ, महाधिबेशन प्रतिनिधि सत्यनारायण चौधरी, शिवसताक्षी ६ का वडाअध्यक्ष मनोज खुलाल, दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति भुवन बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा वडा तथा महिला वडा समितिले नवनिर्वाचित केन्द्रीय सदस्य सुब्बालाई सम्मान प्रदान गरेका थिए । दमक १ निवासी सुब्बा हालै सम्पन्न कांग्रेसको विशेष महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
साहि भेलाले उम्मेदवार चिमरियालाई जिताउन वडास्तरमा प्रचार तथा निर्वाचन परिचालन समिति गठन गरिएको वडासभापति गजेन्द्र देवानले बताए ।

Leave a Reply

Your email address will not be published.