यायोक्खाले कोष बनाउन २ लाख बढी जुटायो

दमक,७ पुस । संस्थागत कोष निर्माण गर्न किरात राई यायोक्खा कमल गाउँ समितिले २ लाख बढी रकम जुटाएको छ । यायोक्खाले गएको देउसीभैलोबाट २ लाख ३९ हजार ९ सय ७५ रुपैया बचत भएको अध्यक्ष हरि राईले बताए । उनका अनुसार यायोक्खाले संस्थाको कोष निर्माण गर्न पहिलोपटक देउसीभैलो आयोजना गरेको थियो ।
राई समुदाय तथा अन्य शुभेच्छुकहरुबाट २ लाख ४४ हजार ९६ रुपैया संकलित मध्ये ४ हजार ९ सय ८५ खर्च कटाएर २ लाख ३९ हजार ९ सय ७५ रुपैया बचत गर्न सफल भएको उनले जनाएका छन् । यायोक्खाले यसअवधिमा संस्थागत सुढृढिकरणका लागि समुदायसम्म जोडिने विभिन्न कार्यक्रम गरिआएको छ ।
कार्यक्रम अन्तर्गत यायोक्खाले कमलका ८० वर्ष माथिका ४४ जना ज्येष्ठ राई अग्रजलाई सम्मान लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ भने कमल ५ को साकेला थानलाई स्तरन्नति गर्ने काम भईरहेको अध्यक्ष राईले बताए ।

 

Leave a Reply

Your email address will not be published.