पीडित धिमाल परिवारलाई सहयोग हस्तान्तरण

दमक,६ पुस । दमक -२ सानो खरखरे निवासी दिवंगत श्याम धिमालको परिवारलाई सहयोग प्रदान गरिएको छ । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य विष्णु सुब्बाको अगुवाईमा पार्टी कार्यकर्ताहरु, शुभेच्छकुहरुबाट संकलित १४ हजार ५ सय ६५ रुपैया पीडित परिवारलाई प्रदान गरिएको हो ।
कांग्रेसका क्रियाशील सदस्य ४६ बर्षिय धिमालको तीन दिन अघि निधन भएको थियो । कांग्रेसले आइतवार धिमालको घरैमा पुगेर समवेदना पत्र दिएको थियो । सोहि अवसरमा संकलित उक्त सहयोग रकम मृतकका दाजु कांग्रेस क्षेत्र नम्बर ५ प्रदेश (ख )प्रदेश अधिवेशन प्रतिनिधि अञ्चल बहादुर धिमाललाई हस्तान्तरण गरिएको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र न. ५ का अध्यक्ष जितु धिमालले बताए ।

Leave a Reply

Your email address will not be published.