पुस १८ मा ‘दउवा ’ संघको निर्वाचन

दमक,४ पुस । दमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी पुस १८ गते निर्वाचन हुने भएको छ । संघको शुक्रवार सम्पन्न ३४ औ बार्षिक साधारणसभाको बन्दसत्रले निर्वाचन समिति गठनसंगै मिति तय गरिएको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । उनका अनुसार निर्वाचन सम्पन्न गर्न लीला गुरागाईको संयोजकत्वमा बब्रु दाहाल, दुर्गा गौतम, प्रदीप कोइराला र घनश्याम न्यौपाने सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

आगामी तीन वर्षे कार्यका लागि हुने निर्वाचनमा संघमा आवद्ध २२ सय ९८ जना सदस्यले मतदान गर्ने छन् । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारीमा ६ जना, बस्तुगत सदस्यतर्फ ६, खुला सदस्यतर्फ ६ जना निर्वाचित हुने छन् । यसैगरि,संयोजकसहित दुई सदस्य गरि तीन सदस्यीय लेखा समिति समेत चयन गर्ने संघले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस निकट हालका अध्यक्ष गोपाल गुरागाईसहित एमाले निकटबाट भरत राज चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको व्यवसायीक प्यानल चुनावी मैदानमा देखिएका छन् । गुरागाईबाहेक अन्य दुई उम्मेदवारले भने तीन महिना अघिनै उम्मेदवारी घोषणा गरिसकेका छन् । नेतृत्व कव्जा गर्न आन्तरिक रुपमा तीनै वटा प्यानलले व्यवसायीहरुसंग मत माग्न थालिसकेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published.